आइतबार घटेको सुन सोमबार फेरि उकालो लाग्यो


सुनको मूल्य सोमबार तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो। आइतबार भने सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँले घटेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बढेर ३ हजार ७२० रुपैयाँ पुगेको महासंघले जनाएको छ।