नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।
पोखरा आज प्रतियोगितामा पहिलो जितको खोजीमा छ। पहिलो खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।
यता, जनकपुर भने तेस्रो खेल खेल्दैछ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको जनकपुरले दोस्रो खेलमा काठमाडौंलाई ८ विकेटले हराएको थियो। आजको खेल जित्दै जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यमा छ।

प्रतिक्रिया