फाप्लु अस्पतालका डा. रामबाबु जोशीलाई अन्तर्राष्ट्रिय सम्मान

जिल्ला अस्पताल फाप्लुमा कार्यरत चिकित्सक डा. रामबाबु जोशी अन्तर्राष्ट्रिय स्तरमा सम्मानित हुनुभएको छ। न्युजिल्यान्डमा सम्पन्न २१औँ वाङ्का वर्ल्ड रुरल हेल्थ कन्फरेन्स (विश्व ग्रामीण स्वास्थ्य सम्मेलन) मा उहाँलाई रुरल वाङ्का अवार्ड्स अन्तर्गत "बेस्ट लाइटनिङ टक २०२६" प्रदान गरिएको हो। ग्रामीण समुदाय, ग्रामीण स्वास्थ्य प्रणाली तथा ग्रामीण स्वास्थ्य जनशक्तिको सुदृढीकरणमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त सम्मान…