कर्णालीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

नेकपाका ५ र नेपाली कांग्रेसका ११ जना प्रदेशसभा सदस्यसहित १६ सांसदले संयुक्त रूपमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वास प्रस्तावसँगै उनीहरूले नेपाली कांग्रेसका जीवनबहादुर शाहीलाई मुख्यमन्त्री पदका लागि प्रस्तावित गरेका छन् ।