एमालेको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक हुँदै


नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागको पहलमा तयार गरिएको पार्टीको नयाँ वेबसाइट तथा मोबाइल एप आज सार्वजनिक गरिने भएको छ।

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष कार्यक्रमबीच वेबसाइट र मोबाइल एपको औपचारिक सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको विभागले जनाएको छ ।

पार्टीको सूचना प्रवाहलाई थप प्रभावकारी, डिजिटल प्रविधिमैत्री र सहज बनाउने उद्देश्यले वेबसाइट तथा मोबाइल एप विकास गरिएको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।

कार्यक्रम आज (साउन १) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना हुनेछ।