साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से १५.३९ अंकले बढेको छ । यससँगै नेप्से परिसूचक २ हजार ६३८ अंकमा पुगेको छ । अघिल्लो कारोबार दिन सोमबार नेप्से २.२६ अंकले बढेको थियो ।
आज बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । सोमबार ३ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार बढेर ५ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये १६५ वटाको सेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ । त्यस्तै, ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।
मंगलबार बैंकिङ समूहले बजार वृद्धिमा सबैभन्दा महत्त्वपूर्ण योगदान दिएको छ । बजार पुँजीकरणका आधारमा ठूलो रहेको बैंकिङ समूह १.२४ प्रतिशतले बढेको छ । यसबाहेक विकास बैंक १.०४, फाइनान्स ०.०३, होटल तथा पर्यटन ०.९४, जलविद्युत् ०.४६, लगानी ०.३०, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.६१, निर्जीवन बीमा ०.२६ र व्यापार समूह ०.९७ प्रतिशतले बढेका छन् ।
यता, माइक्रोफाइनान्स समूह ०.१८ र अन्य समूह ०.३९ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा जलविद्युत् समूहका कम्पनी अगाडि देखिएका छन् । यस समूहमा १ अर्ब ९८ करोड रुपैयाँको कारोबार हुँदा बैंकिङ समूहमा १ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ ।
आज एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले बढेको छ । त्यस्तै, माउन्टेन हाइड्रो नेपाल ३.४२, सिटी होटल ३.०९, जनउत्थान सामुदायिक लघुवित्त ३.०१, हिमालयन डिस्टिलरी २.७९ र श्वेतगंगा हाइड्रो २.७८ प्रतिशतले बढेका छन् ।
यसैगरी, मानुषी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले घटेको छ । मेन्छियाम हाइड्रोपावर ७.२७, ओम मेगाश्री फर्मास्युटिकल्स ३.६७, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स ३.५१ र मुक्तिनाथ कृषि कम्पनी ३.१७ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा सोल्टी होटल, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिस्टिलरी, रिलायन्स स्पिनिङ मिल्स, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, कुमारी बैंक र एनएमबी बैंक अगाडि रहेका छन्।

प्रतिक्रिया