आईजीपी परिवर्तनपछि ६० एसपीको सरुवा, १३ जिल्लामा नयाँ नेतृत्व


नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा हुँदा १३ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्। प्रहरी प्रधान कार्यालयले गरेको सरुवाअनुसार विभिन्न जिल्लामा नयाँ प्रहरी प्रमुख खटाइएको हो।

सरुवाअनुसार बारामा कुमारविक्रम थापा, मोरङमा दिलिपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल, पूर्वी नवलपरासीमा निर्मल बुढाथोकी र बर्दियामा बालनरसिंह राणा जिल्ला प्रहरी प्रमुखका रूपमा खटिएका छन्।

त्यस्तै, धादिङमा भरत लामा, कास्कीमा मोहनबहादुर खाण, कैलालीमा यादव ढकाल, पाल्पामा रविन श्रेष्ठ, भक्तपुरमा रुकेश तण्डुकार र दाङमा श्यामु अर्यालको सरुवा भएको छ।

यसअघि काज सरुवामा रहेका चार एसपीको दरबन्दी पनि सम्बन्धित जिल्लामै कायम गरिएको छ। जसअनुसार सिन्धुपाल्चोकमा नीरञ्जनदत्त भट्ट, सुनसरीमा पुष्पराज मल्ल, सप्तरीमा रुपक खड्का र पर्सामा पवनकुमार भट्टराईको दरबन्दी सोही जिल्लामा कायम भएको छ।

आईजीपी परिवर्तनपछि भएको यस सरुवामा पूर्व आईजीपी दानबहादुर कार्कीनिकट मानिएका एसपीहरूले पनि जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। कार्कीनिकट मानिएका धर्मराज भण्डारी र दिलिपकुमार गिरीले क्रमशः उदयपुर र मोरङको नेतृत्व पाएका छन्।

यसलाई प्रहरी संगठनभित्रको नेतृत्व परिवर्तनपछि भएको महत्त्वपूर्ण सरुवाका रूपमा हेरिएको छ।