प्रधानमन्त्री बालेन्द्र शाह एनपीएलको उद्घाटनमा सहभागी हुने


प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्घाटन समारोहमा सहभागी हुने भएका छन्। प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले शाह उद्घाटन समारोहमा सहभागी हुने जानकारी दिएकी हुन्।

तेस्रो संस्करणको एनपीएलको उद्घाटन आज दिउँसो ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ।

उद्घाटन समारोह हुनुभन्दा केही घण्टाअघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतियोगिताको सफलताको कामना गरेका छन्। उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिताका रूपमा उल्लेख गर्दै छोटो समयमै यसले भव्य खेलकुद उत्सवको रूप लिन सफल भएको बताएका छन्।

प्रधानमन्त्री शाहले लिगमा सहभागी हुन नेपाल आएका सबै अन्तर्राष्ट्रिय खेलाडी तथा खेलविवेचकलाई स्वागत गर्दै प्रतियोगिताको सफल आयोजनाका लागि नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट सङ्घ (क्यान) लाई शुभकामना दिएका छन्।