जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव विरुद्ध विश्वासको मतमा अनिवार्य रूपमा विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ। पार्टीले सबै सांसदहरूलाई सदनमा अनिवार्य उपस्थित भई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो। बिहीबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ। जनमत संसदीय दलका नेता चन्दनकुमार सिंह द्वारा जारी निर्देशनमा…