लिखु एमालेका हस्ति आङरिन्जी शेर्पाले पार्टी छाडे, अम्बिर गुरुङलाई सघाउने

ओखलढुंगाको लिखुका नेकपा एमालेका प्रभावशाली नेता आङरिन्जी शेर्पा नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् । एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएपछि नेकपाबाट उम्मेदवार बनेका अम्बिरबाबु गुरुङले शेर्पालाई नेकपामा भित्र्याएका हुन् । नेकपा एमाले जिल्ला कमिटी सदस्य समेत रहेका शेर्पा एमालेका पुराना र राम्रो जनमत भएका नेता हुन् । शेर्पा २०७४ को स्थानीय निर्वाचनबाट वडासदस्य पदमा निर्वाचित…