भारतीय राष्ट्रपति मुर्मुसँग भेटवार्ता गरेर फर्किँदै बालेन


भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री शाहले सोमबार भारतीय राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन्। यसअघि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उक्त भेटपछि दुई देशबीच विभिन्न समझदारी तथा सहकार्यका विषयमा सहमति भएको थियो।

प्रधानमन्त्री मोदीको आयोजनामा भएको दिवा भोजमा सहभागी भएपछि शाहले भारतीय राष्ट्रपतिसँग भेट गरेका हुन्।

आइतबार भारत भ्रमणमा गएका प्रधानमन्त्री शाह द्विपक्षीय भेटवार्ता तथा कार्यक्रम सकेर सोमबार नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।