सगरमाथा राष्ट्रिय निकुञ्जको राजस्व: ११ महिनामा १२ करोड ५८ लाख

विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा यस वर्ष पर्यटक आगमन र राजस्व सङ्कलन दुवैमा गिरावट आएको छ। सगरमाथा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि जेठ मसान्तसम्म १२ करोड ५८ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। निकुञ्जका सूचना अधिकारी विवेक वाइजुका अनुसार यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम हो। अघिल्लो वर्ष यही…