संविधान संशोधनबारे पूर्वप्रधानमन्त्रीहरूसँग कार्यदलको छलफल

संविधान संशोधन बहस पत्र तयारी कार्यदलले आज तीन जना पूर्वप्रधानमन्त्रीसँग छलफल गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालसँग संविधान संशोधनका विषयमा सुझाव संकलन गरेको हो। सुझाव संकलनका क्रममा संयोजक शाहसहितको कार्यदल टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेको थियो। सोही निवासमा पूर्वप्रधानमन्त्रीत्रय…