रास्वपाले खोल्यो नगरका उम्मेदवारका लागि आवेदन


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनमा नगरपालिकाका विभिन्न पदमा उम्मेदवार बन्न इच्छुकका लागि आवेदन खुला गरेको छ।

बिहीबार सार्वजनिक सूचना जारी गर्दै रास्वपाले नगरपालिका क्यान्डिडेट क्लबमा आवेदन खुला गरेको जनाएको हो। पार्टीबाट नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य बन्न इच्छुकले आवेदन दिन सक्नेछन्।

इच्छुकले रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

यसअघि रास्वपाले भदौ १ गतेदेखि गाउँपालिका क्यान्डिडेट क्लबमा आवेदन खुला गरेको थियो। पार्टीबाट उम्मेदवार बन्न इच्छुकले क्यान्डिडेट क्लबमा आवेदन दिएपछि मात्रै छनोट प्रक्रिया सुरु हुने जनाइएको छ।