प्रशान एलुङको नयाँ सांगीतिक कोसेली ‘लैजा चरी’

परदेशमा रहेर पनि नेपाली संगीतप्रतिको अगाध प्रेम र सिर्जनालाई निरन्तरता दिइरहेका सर्जक प्रशान एलुङ राईको नयाँ सांगीतिक कोसेली 'लैजा चरी' सार्वजनिक भएको छ। मियो (MIYO) को प्रस्तुति रहेको यस गीतमा शब्दरचना प्रशान्त एलम राईको रहेको छ भने स्वर बिनुसा राईले दिएकी छिन्। गीतमा धन खालिङले संगीत भर्नुका साथै भिडियोको क्यामेरा र सम्पादनको जिम्मेवारीसमेत सम्हालेका छन्।…