नेकपा एमालेबाट विद्रोह गरेर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका अम्बिबाबु गुरुङलाई जसपा नेपालले समर्थन जनाएको छ । खिजीदेम्बा गाउँपालिकामा ३ वडाअध्यक्ष र पालिका अध्यक्षसमेत जितेको जसपा नेपालले तारा चुनाव चिन्ह लिएर उठेका गुरुङलाई सघाउने भएको हो । ओखलढुंगाको समग्र विकासमा योगदान गरेका र आगामी दिनमा समृद्धिको अभियानलाई थप संस्थागत गर्न भिजन भएको उम्मेदवारलाई समर्थन गरिएको…