सरकारले छठ पर्वको भोलिपल्ट कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट पनि सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो।
यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको थियो। छठ पर्वमा पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा रहेकाले थप एक दिन बिदा दिइएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी सूचनाअनुसार अब छठ पर्वका अवसरमा कात्तिक २९ र ३० गते लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

प्रतिक्रिया