धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १२ दशमलव ७९ अंकले घटेको छ । बजार घटेसँगै नेप्से परिसूचक दुई हजार ६३६ दशमलव १० विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दुई दशमलव ३२ अंकले घटेर ४७७ दशमलव २१ विन्दुमा कायम भएको छ ।
त्यस्तै, फ्लोट परिसूचक शून्य दशमलव ८३ अंकले घटेर १८२ दशमलव ७७ र सेन्सेटिभ फ्लोट परिसूचक शून्य दशमलव ७३ अंकले घटेर १६१ दशमलव ७६ विन्दुमा पुगेको छ ।
आज बजारमा एक करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर किनबेच भएका छन् । कुल चार अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये १२ वटाको सूचक घटेको छ भने एउटा उपसमूहको सूचक बढेको छ ।
आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८५ कम्पनीको घटेको छ । त्यस्तै, नौ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।
आज अपर लोहोरेखोला हाइड्रोपावर, सेन्ट्रल फाइनान्स र अपोलो हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस्तै, एभरेष्ट कलर, सीवाईसी नेपाल लघुवित्त र विजय लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया