थुलुङ दुधकोशीमा सुशासन र पारदर्शी सेवा प्रवाहमा जोड

स्थानीय तहबाट प्रवाह हुने सार्वजनिक सेवालाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने उद्देश्यले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सुशासन प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजनामा गाउँपालिकाको मुक्लीस्थित सभाहलमा आयोजित कार्यक्रम कार्यवाहक अध्यक्ष सविता राईको सभाध्यक्षतामा सम्पन्न भएको हो।गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरूको सहभागिता…