विरगन्ज । पर्साको ठोरी गाउँपालिकामा सामान्य हावाहुरी र वर्षा हुँदा पनि पटक–पटक विद्युत् आपूर्ति अवरुद्ध हुने समस्याले स्थानीयवासी सास्तीमा परेका छन्। वर्षौंदेखि दोहोरिँदै आएको समस्याको दीर्घकालीन समाधानमा नेपाल विद्युत् प्राधिकरणले चासो नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन्। स्थानीय चिरञ्जीवी सापकोटाका अनुसार सामान्य हावाहुरी वा वर्षा भए पनि घण्टौँसम्म विद्युत् सेवा अवरुद्ध हुने, भोल्टेजमा उतारचढाव आउने,…