काँग्रेस महाधिवेशन प्रतिनिधिमा केसीको दाबेदारी


नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन नजिकिँदै गर्दा रामेछापमा महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूले आफ्नो दाबेदारी प्रस्तुत गर्न थालेका छन्।

यसैक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य सौरभ केसीले युवा कांग्रेस क्लस्टरतर्फबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।

खाँडादेवी गाउँपालिका–६ बाट क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएका केसीले युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीको केन्द्रीय महाधिवेशनमा सहभागी हुने लक्ष्यसहित आफ्नो दाबेदारी अघि बढाएका हुन्।

नेपाल तरुण दलको केन्द्रीय सदस्यका रूपमा संगठनमा सक्रिय रहँदै आएका केसीले युवाको सहभागिता, संगठन सुदृढीकरण तथा पार्टीभित्र नयाँ पुस्ताको अर्थपूर्ण भूमिकालाई प्राथमिकतामा राख्दै आफ्नो दाबेदारी प्रस्तुत गरेको बताए।

पार्टीको तल्लो तहदेखि नै संगठनमा सक्रिय रहँदै आउनुभएका केसीले क्षेत्रीय प्रतिनिधिको जिम्मेवारी प्राप्त गरेसँगै युवा क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्ने तयारी गरेका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ। पार्टीको निर्धारित कार्यतालिकाअनुसार असोज १२ गतेदेखि १३ गतेसम्म रामेछाप जिल्ला अधिवेशन हुँदैछ।

रामेछापमा वडा तहको अधिवेशन सम्पन्न भइसकेको छ भने अब क्रमशः माथिल्ला तहका अधिवेशन तथा प्रतिनिधि चयनको प्रक्रिया अघि बढिरहेको छ।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै महाधिवेशनमा आफ्ना आवाज र एजेन्डा प्रभावकारी रूपमा प्रस्तुत गर्ने उद्देश्यसहित आफूले दाबेदारी अघि बढाएको केसीले बताए ।