सरकारले शान्ति सुरक्षा कायम गर्न सकेनः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भयरहित चुनावका लागि सरकारले शान्ति सुरक्षा कायम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । सोमबार आफ्नो निर्वाचन क्षेत्र झापा–५ दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ओलीले सरकार शान्ति सरक्षा कायम गर्नतिर अग्रसर नभएको बताउनुभयो । देशलाई चाहिएको शान्ति सुरक्षामा सरकार उदासिन देखिएको औंल्याउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘स्वयं तपाईं…