नेकपा एमालेको सचिवालय बैठक बस्दै

पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक बिषयमा छलफल गर्न नेकपा एमाले केन्द्रिय सचिवालयको बैठक बस्ने भएको छ । आज अपरान्ह ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक तथा समसामयिक राजनीतिक विषयमा…