भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी पीडितको बचत रकम फिर्ता गर्न २५ करोड रुपैयाँको ‘चक्रीय कोष’ स्थापना गर्ने तयारी गरेको छ। मन्त्रालयले उक्त रकम बीउपुँजीका रूपमा उपलब्ध गराउन अर्थ मन्त्रालयसँग आग्रह गरिसकेको जनाएको छ। मन्त्रालयका सहसचिव तथा प्रवक्ता गणेशप्रसाद भट्टका अनुसार पीडितलाई रकम फिर्ता गर्न आवश्यक कार्यविधि तयार भइसकेको छ। कोषमा रकम प्राप्त भएपछि…