नेपाल उसु महासंघका महासचिव तथा दक्षिण एसियाली उसु महासंघका सचिव ल्हाक्पा छिरिङ लामा एसियाली उसु महासंघको प्रचारप्रसार तथा प्रवर्द्धन समितिको कार्यकारी सदस्यमा नियुक्त भएका छन् ।
जापानको नागोया सहरमा गत सेप्टेम्बर १९ मा सम्पन्न महासंघको २०औँ महासभाले लामालाई सन् २०२६ देखि २०३० सम्मको चारवर्षे कार्यकालका लागि उक्त जिम्मेवारी दिएको हो ।
नियुक्तिपछि लामाले एसियाली क्षेत्रमा उसु खेलको विकास, विस्तार र प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, सदस्य राष्ट्रहरूबीच सहकार्य र एकता सुदृढ गर्दै युवापुस्तालाई उसु खेलप्रति आकर्षित गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा यसको लोकप्रियता बढाउने उनले बताएका छन् ।
लामाले आफ्नो नियुक्तिलाई नेपाली उसु क्षेत्रकै गौरवका रूपमा लिँदै यसले अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नेपालको प्रतिनिधित्व र नेपाली उसुको पहुँच विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया