विद्यार्थी सङ्ख्या न्यून भएपछि वालिङ नगरपालिकाले क्षेत्रभित्रका पाँच आधारभूत विद्यालयलाई समायोजन गरेको छ। नगर शिक्षा समितिको निर्णयअनुसार चालु शैक्षिक सत्रको सुरुवातदेखि नै ती विद्यालयहरूलाई नजिकका अन्य विद्यालयमा मर्ज गरिएको हो। समायोजनमा परेका विद्यालयहरूमा वालिङ–२ कसेदीस्थित चक्रदेवी आधारभूत विद्यालय, वालिङ–६ को वनपाला आधारभूत विद्यालय, वालिङ–७ को विद्याज्योति आधारभूत विद्यालय, वालिङ–१२ को प्रभात आधारभूत विद्यालय र वालिङ–१४…