जलवायू परिवर्तन रोकथामका लागि नेपाल पुर्ण प्रतिवद्ध छः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायू परिवर्तन सम्बन्धि पेरिस सम्झौता प्रति नेपाल पुर्ण प्रतिवद्ध रहेको बताएका छन् । कोप शिखर सम्मेलनमा भाग लिन अजरबैजानमा रहेका राष्ट्रपति पौडेलले अजरबैजानका समकक्षी ईल्हाम अलियेभसँग भएको भेटवार्तामा पेरिस सम्झौता कार्यान्वयनसँगै विश्वव्यापी लक्ष्यभन्दा पाँच वर्ष अघि नै पुरा हुने विश्वास व्यक्त गरे । भेटमा राष्ट्रपति पौडेलले भने, “जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताप्रति नेपालको…