सफल जलवायु कूटनीति, राजनीतिक दरिलो प्रतिबद्धता, दलहरूबिच ऐक्यबद्धता जस्ता कुराहरूमा दृढ भूमिका खेल्न सकेमा चुनौतीबिच पनि नेपालले विश्वस्तरमा नेतृत्वको अवसरदेखि स्थानीयस्तरसम्म अनेक लाभ लिन सक्ने छ । यस्तो सुवर्ण अवसर यही सगरमाथा संवादबाट प्रारम्भ हुन सक्ने छ ।
विश्वभर कार्बन उत्सर्जनबारे तथ्याङ्क हेर्दा चीन, अमेरिका र भारत यी तीन देशले मात्रै विश्वमा झन्डै आधा अर्थात् ४६.२ प्रतिशत उत्सर्जन गर्छन् । साना सय देशले २.९ प्रतिशत उत्सर्जन गर्छन् । नेपाल यो मामिलामा उत्कृष्ट छ । किनभने यहाँ उत्सर्जनको अवस्था अति न्यून अर्थात् ०.०४ प्रतिशतभन्दा पनि कम छ । बरु सञ्चितीकरणमा योगदान छ । पृथ्वीको तापव्रmम असामान्य तरिकाले बढाउने एक प्रमुख कारण कार्बन उत्सर्जनमा सबैभन्दा बढी भूमिका विश्वका ठुला र शक्ति राष्ट्रहरूको रहे पनि त्यसको सिकार त्यसका कारक नै नरहेका देशहरू बन्नु परिरहेको छ । नेपाल त्यसको उदाहरण र प्रमाण हो । अर्थात् नेपालका लागि नखाएको विष लागे जस्तै भइरहेको छ ।
जलवायु परिवर्तनबाट विश्वभर अनेक नकारात्मक परिदृश्य देखिरहेको बेला त्यसको प्रत्यक्ष प्रभाव नेपालसम्मै आइपुगेको छ । कार्बन सञ्चितीकरण गरेर वातावरण संरक्षण र स्वच्छतामा उच्च योगदान गरिरहेको नेपालका अनेक क्षेत्रमा यसको सिधा प्रभाव परिरहे पनि नकारात्मक परिणामका प्रमुख कारक रहेका ठुला राष्ट्रहरूले न त नेपालको योगदानको कदर गरेका छन् न त क्षतिपूर्ति नै दिएका छन् । खासमा यसबारे अन्तर्राष्ट्रिय समुदाय गम्भीर देखिएको छैन । अहिले यो सबैभन्दा चिन्ता र चासोको विषय बनिरहेको छ । अनेक तथ्यहरूले पुष्टि गरेका छन् कि जलवायु परिवर्तनबाट भइरहेका प्रभावका दृष्टिले दक्षिण एसिया सबैभन्दा बढी जोखिममा रहेको छ । त्यसमा पनि कार्बन उत्सर्जन र तापमान वृद्धिमा भूमिका नरहेको नेपाललगायत अल्पविकसित देशको जनजीवनमा पीडादायी प्रभाव परिरहेको छ ।
नेपाल सन्दर्भकै कुरा गरौँ । जलवायु परिवर्तनबाट यहाँका कृषि, ऊर्जा, पानी, पर्यटन, जनस्वास्थ्य, जैविक विविधतालगायतका तमाम क्षेत्रहरूमा प्रत्यक्ष प्रभाव परिरहेको छ । उच्च हिमाली क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिँदै गएका छन् । हिमताल फुट्ने र जनधनको ठुलो क्षति पु¥याउने घटना दोहोरिरहेका छन् । पानी पर्ने बेलामा परेको छैन, नपर्ने बेलामा पर्न थालेको छ । अर्थात् नियमित मौसम चक्र बिथोलिएको छ । कहिले असाध्यै वर्षा त कहिले असाध्यै सुक्खा जस्तो अनियमित शृङ्खलाका कारण बाढी–पहिरो जस्ता घटनाबाट जनधनको ठुलो क्षति हुन थालेको छ ।
जलवायु प्रभावबाट ऊर्जा उत्पादन, जैविक विविधता, मानव स्वास्थ्यलगायतका थप अनेक क्षेत्रमा पनि नकारात्मक प्रभाव परिरहेको छ । जस्तो कि स्वच्छ पानी र सफा हावामा कमी देखिन थालेको छ । अत्यधिक गर्मीका कारण डेङ्गु, हैजालगायतका रोग तथा सङ्क्रमण बढ्न थालेका छन् । तापक्रम बढ्ने क्रमकै कारण रैथाने वनस्पति, तिनका प्रजाति, कैयौँ वन्यजन्तु, पशुपन्छी लोप हुने खतरा बढिरहेको छ, कैयौँ लोप भइसकेका छन् । बसोबास क्षेत्रमा प्रतिकूल वातावरणका कारण कैयौँ जीव र वन्यजन्तुहरू बसाइँ सरिरहेका छन् । जलस्रोतको धनी देशमै पनि ऊर्जा उत्पादनमा बाधा आउन थालेका छन् । वर्षा हुने र हिउँ पग्लिने प्रक्रियामा अनियमितताका कारण जलाशय सुक्ने र जल ऊर्जा उत्पादनमा समेत प्रतिकूल अवस्था आउने सङ्केत देखिँदै छन् ।
प्रभावित तमाममध्येको एक महìवपूर्ण क्षेत्र कृषिको अलि चर्चा गरौँ । देशको अर्थतन्त्रमा ठुलो योगदान पु¥याएको, कतिपय उत्पादनमा देश आत्मनिर्भर भएको र करिब ६० प्रतिशतभन्दा बढी जनसङ्ख्या आश्रित भएको कृषि क्षेत्रमा गम्भीर चुनौती खडा हुँदै गएको छ । कृषि प्रणाली अनियमित बन्दा कृषि उत्पादक तथा किसानहरूको आय घटिरहेको छ । उत्पादन घट्दा ग्रामीण र हिमाली क्षेत्रका बासिन्दाले सबैभन्दा धेरै पीडा भोगिरहेका छन् । यसको असर सिङ्गो देशको खाद्य व्यवस्थापनमा पर्ने जटिल सङ्केत देखिरहेका छन् । मौसमी अनियमितताले पहिले पहिले जस्तो निश्चित समयमा पानी पर्ने, बाली रोप्ने र भिœयाउने चव्रmमा परिवर्तन आए�

प्रतिक्रिया