सोलुखुम्बुको पहिलो बिमानस्थलः जसको बारेमा धेरैलाई थाहा छैन तथ्य

नुतन श्रेष्ठ
32.5k
Shares

सोलुखुम्बु जिल्ला पहिलो बिमानस्थल त्यो पनि आमादब्लम हिमालको काखमा भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । यसका बारेमा सम्बन्धित केहीलाई बाहेक नयाँ पुस्तालाई बिरलै जानकारी होला ।

सन् १९६० को दशकमा नेपाल कै ईतिहासमा पहिलो पटक हिमालको काखमा बिमानस्थल बन्यो मिङ्बो बिमानस्थल । स्थानिय खर्क रहेको सो मिङ्बो भन्ने स्थानमा खुम्बु क्षेत्रको बिकासमा पहिलो खुट्किलो सावित हुँदै बनेको सो बिमानस्थलले नेपाली हवाई उडानमा कहिल्यै नसोचिएको नविन सोचको बिकास गरेको थियो ।

देशका मुख्य केही शहरहरुमा सन् १९५५ ताका बिमानस्थल बनेपनि पहाडी तथा हिमाली क्षेत्रमा बिमानस्थलको कल्पना समेत गरिएको थिएन । त्यही कल्पनाभन्दा बाहिरको सोच लिएर प्रथम पटक सगरमाथा आरोहण गरेका सर एडमण्ड हिलारीले यो सपना पनि साकार बनाउन लागि परे । यही सोचका कारण सन् १९६० को अप्रिल ५ बन्यो त्यो एतिहासिक क्षण जसले नेपाली हवाई क्षेत्रमा ठुलो परिवर्तन ल्याउन सहयोग गरेको थियो ।

४ हजार ५७३ मिटरको उचाईमा रहेको आमादब्लम अगाडी हिमाल र पहाडले घेरिएको क्षेत्र, उडानका लागि पनि कठिन स्थान, मौषमी अप्ठेराहरु यी सबै कुरालाई पन्छाउदै नयाँ ईतिहास कायम गर्दै १९६० मा पहिलो पटक बिमानस्थल बनि पहिलो उडान समेत भयो ।

चिन तिब्बतको आन्दोलनका बिच तिब्बती शरनार्थीहरु नेपाल भित्रने क्रम तिब्र भईरहेको अनि शरनार्थीहरुको व्यवस्थापनमा नेपाललाई गाह्रो भईरहेको अवस्थामा स्विस भूगर्भशास्त्री टोनी हेगनले शरनार्थीहरुलाई राहत सामाग्रि बितरण गर्न त्यसबेला सहजिकरण गरेका थिए । उनले अन्र्तराष्ट्रिय रेडक्रस (क्ष्ऋच्ऋ) सँग नेपालमा रहेका तिब्बती शरनार्थीहरुलाई राहत वितरण गर्न स्विस–निर्मित छोटो उडान र अवतरण क्त्इी बिमान पिलाटस पोर्टर नेपाल ल्याउदै नयाँ युगको सुरुवात गरेका थिए ।

सोही बिमानलाई सर एडमण्ड हिलारीले खुम्बु क्षेत्रमा ऐतिहासिक क्षणको बिजारोपण सँगै बिकासको बाटो खोल्नलाई प्रयो गरे ।

किन बन्यो मिङ्बो बिमानस्थल

सन् १९५३ मा सर एडमण्ड हिलारी सगरमाथा आरोहण पश्चात न्युजिल्याण्ड फर्कने क्रममा आफ्ना सहयोगी शेर्पाहरुको साथमा ओर्लदै थिए त्यही समय उनले एउटा प्रश्न गरे, ‘तिमीहरुले मलाई आरोहणमा सहयोग गर्यौं यसका लागि धन्यबाद, तर तिमीहरुलाई के कुराको आवश्यक्ता छ भन म त्यसलाई पुरा गर्ने प्रयास गर्नेछु ।’ खुम्जुङ खुन्देका ल्हाक्पा गेलु शेर्पाले आफ्नो बाबुले बताएको कथालाई स्मरण गर्दै सुनाए ।

यसरी न्युजिल्याण्डबाट सगरमाथा आरोहणका लागि पुगेका बिदेशी नागरिकबाट के चाहिन्छ भन्ने प्रश्नसँगै स्थानियमा नयाँ उत्साह पैदा भयो । उनिहरुले विकास निर्माणका कुरालाई बिर्सेर शिक्षाका लागि बिद्यालय बनाई दिन अनि शिक्षकको व्यवस्था गरिदिन आग्रह गरे । सोही आग्रहलाई पुरा गरिदिने बाचा सहित बिदा भएका हिलारी काठ्माण्डौ न्युजिल्याण्ड पुगे । उनले खुम्बु क्षेत्रका बालबालिकाहरुलाई शिक्षा दिन बिद्यालय बनाउन धेरैजनालाई भेटे, सहयोग संकलन गरे पनि भारत तर्फ हानिए ।

भारतको कोलकता पुगेर उनले त्यहाँ पनि सहयोगका लागि सम्वाद अगाडी बढाएको स्थानिय ल्हाक्पा गेल्बु शेर्पा बताउँछन् । कोलकतामा उनले आल्मोनियमको भवन बनाउने एउटा कम्पनी फेला पारे, सोही कम्पनीसँग मिलेर उनले २ वटा कक्षा कोठा हुने गरी भवनको तयारी गर्न लाए । भवनको लागि सामाग्रि तयार भएपछि सो सामाग्रि सडक मार्ग हुँदै काठमाण्डौ ल्याए । सामाग्रि काठमाण्डौ त पुग्यो अब काठमाण्डौबाट खुम्जुङसम्म ती सामाग्रि कसरी पुर्याउने भन्ने मुख्य चुनौती खडा भयो । सोही चुनौतीलाई चिर्दै जाँदा तिब्बती शरनार्थी बिभिन्न नाका हुँदै नेपाल भित्रने क्रममा खुम्बु क्षेत्रमा पनि तिब्बती शरनार्थी रहेको कुरालाई आधार बनाएर उनले त्यहाँ राहत सामाग्रि पुर्याउन सहयोग गर्ने गरी सहजिकरण गर्न थाले ।

पछि स्विस रेडक्रससँगका सहकार्यमा राहत सामाग्रि खुम्बु क्षेत्र पुर्याउन योजना बन्यो तर समस्या थियो दुरी अनि कठिन भुगोल । मानिसलाई बोकाएर स्थल मार्ग हुँदै सामाग्रि त्यहाँ पुर्याउन सम्भावना कतिपनि थिएन त्यसैले सर एडमण्ड हिलारी आफैले आफ्नो खर्चमा पिलाटस पोर्टर बिमान अवतरण गर्न सक्ने बिमानस्थल बनाईदिने प्रस्ताव गरे ।

बिमानस्थल बनाईदिने प्रस्तावसँगै हिलारीले बिद्यालय निर्माणको सामाग्रि पनि ढुवानी गरिदिनु पर्ने प्रस्ताव अघि सारे । एकतर्फ राहत सामाग्रि सहज रुपमा पुग्ने अर्को तर्फ शिक्षाको ज्योति फैलाउने उद्धेश्य पनि पुरा हुने, यत्ति कुरामा सहमति भएपछि सर एडमण्ड हिलारीले पुनः खुम्जुङ पुगेर सबै कुराको बेलिबिस्तार लाए । गाउँमा नै बिद्यालय बन्ने भएपछि त स्थानिय उत्साहित नहुने कुरै भएन अनि लागे सबैजना बिमानस्थल बनाउने अभियानमा । त्यत्ति�