प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्। व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न नहुन र संगठनको प्रोटोकल पालना गर्दै इमानदारीपूर्वक काम गर्न उनले प्रहरी अधिकृतहरूलाई आग्रह गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको फेसबुक पेजमा सार्वजनिक गरिएको प्रधानमन्त्री शाहको सम्बोधनअनुसार प्रहरी सेवामा नैतिकता, निष्ठा, इमानदारी…