सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ। प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्र कुमार पौडेलका अनुसार बैठक आज दिउँसो १२:३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालय मा आयोजना गरिएको छ। बैठकमा सुरक्षा निकायका प्रमुख, सुनसरीका प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक…