एमालेकाे सचिवालय बैठक आज बस्दै 

नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्दैछ। आज साँझ ५ बजे ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। सचिवालय बैठक बोलाइए पनि सदस्यहरूलाई कार्यसूचीबारे जानकारी दिइएको छैन ।