आन्तरिक विषय सार्वजनिक रूपमा उठाउने अभ्यास पार्टी अनुशासन विपरीत: ढकाल

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकालले पार्टीका आन्तरिक विषय सार्वजनिक रूपमा उठाउने अभ्यास पार्टी अनुशासन विपरीत भएको बताएका छन् । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशद्वारा कञ्चनपुरमा आयोजित पत्रकार प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले पार्टीको आलोचना गर्ने अधिकार भए पनि सम्बन्धित ठाउँमा राखिनुपर्ने स्पष्ट पारे । ‘केपी ओली विनाको एमाले बनाऊँ…