काठमाडौं — नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजलाई पछाडि फर्काउने उद्देश्यले केही शक्तिहरू भ्रमको खेतीमा लागेको आरोप लगाएका छन्। राष्ट्रिय स्वास्थ्यकर्मी नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आइतबार काठमाडौंमा बोल्दै पोखरेलले जनताको बलिदानबाट स्थापित लोकतन्त्र र गणतन्त्रप्रति अविश्वास फैलाउने गतिविधि भइरहेको टिप्पणी गरे। उनका अनुसार लोकतन्त्रले केही नदिएको, राजतन्त्र नै उपयुक्त हुने जस्ता प्रचारहरू सुनिन…