नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसलाई मिलाइदिएको बताएका छन्। नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै ज्ञवालीले प्रचण्डको अवसरवादी चरित्रको कारण कांग्रेस र एमाले एक ठाउँमा उभिने वातावरण बनेको बताएका हुन् । प्रचण्डको धोका र अस्थिरतामा खेल्ने प्रवृत्तिबाट दिक्क भएका कांग्रेस सभापति शेरबहादुर…