गृहमन्त्रीलाई संसदमा बोल्न दिने विपक्षी तयार

प्रतिनिधि सभाको अवरोध हटाउने प्रयास अन्तर्गत सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख सचेतकहरूको बैठक सकारात्मक रुपमा टुंगिएको छ। संसद चलाउने सहमति खोज्ने उद्देश्यले भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई संसदमा बोल्न दिने तयारीमा देखिएका छन्। स्रोतका अनुसार, गृहमन्त्री लेखकले संसदमा भिजिट भिसा प्रकरणबारे स्पष्ट जवाफ दिएमा त्यसपछि दलहरूले आ-आफ्नो धारणा सार्वजनिक गर्दै सदन सञ्चालनमा…