प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे

प्रतिनिधि सभाको बैठक आज (मंगलबार) दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विभिन्न विधेयक पारित र छलफल गर्ने कार्यसूचीहरू तय भएका छन् । बैठकको प्रमुख कार्यसूचीमा ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१’ पारित गर्ने प्रस्ताव रहेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले उक्त विधेयक दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सदनमा…