देशका नागरिक एक्लो र असहाय हुन नपर्ने गरी सरकारले काम गर्नेछः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले कोही पनि एक्लो अनि असहाय हुन नदिन काम गरिरहेको बताएका छन् । उनले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको जिकिर गर्दै यस्तो बताएका हुन् । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार शुभकामना दिने क्रममा सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता…