नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ। निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाएको हो। मूल्य समायोजनसँगै अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेल दुवैको मूल्य प्रतिलिटर १४९ रुपैयाँमा कायम भएको छ। निगमले भारतको इन्डियन…