नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा समूहले सर्वोच्च अदालतमा आज रिट दर्ता गरेको छ । सर्वोच्चले रिटको पेशी पर्सि ६ गतेका लागि तोकेको छ । तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दर्ता गराउनुभएको हो । खड्कालगायतका नेताहरूले रिट दर्ता गरेर आजै पेशी चढाउन आग्रह गरे पनि सर्वोच्च प्रशासनले नियमावलीको…