अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई अमेरिकामा बिक्री हुने कुनै पनि विमानमा ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ । क्यानडाले जर्जियामा रहेको गल्फस्ट्रीम एयरोस्पेसका जेट विमानलाई प्रमाणीकरण गर्न अस्वीकार गरेको आरोप लगाउँदै ट्रम्पले बदला स्वरूप यस्तो कदम चाल्न सकिने बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । सामाजिक सञ्जालमा गरिएको पोस्टमा ट्रम्पले क्यानडाले आफ्नो निर्णय…