निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य चुनावलाई लक्षित गरेर कल सेन्टर सञ्चालनमा ल्याएको छ । आयोग परिसरमा स्थापना गरेको कल सेन्टरबाट मतदाताका चुनावसम्बन्धी जिज्ञासा मेटाउने काम हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार चुनावसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरि सोध्न सकिनेछ । ‘कल सेन्टर’ मा ६…