इरानमा महँगीविरुद्धको प्रदर्शन देशभर फैलँदै

इरानमा महँगीको विरुद्धमा शुरू भएको प्रदर्शन राजधानी तेहरान हुँदै अरू शहरहरूमा पनि फैलिएको छ । रिआलको मूल्य अमेरिकी डलरको तुलनामा न्यूनतम विन्दुमा झरेपछि व्यापारीहरूले गएको आइतवार तेहरानमा रहेको ग्र्यान्ड बजार बन्द गरेका थिए । त्यसपछि शुरू भएको प्रदर्शन फैलँदै गएको छ । इरानका आठभन्दा धेरै मुख्य शहरमा भएका प्रदर्शनलाई रोक्न प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ ।…