सुर्खेतको वीरेन्द्रनगरमा कोठामा कोइला बालेर सुत्दा निसास्सिएर एक शिशुको मृत्यु भएको छ भने एकै परिवारका अन्य तीन जना बेहोस भएका छन् । मृत्यु हुनेमा तारा बुढाकी ३८ दिनकी शिशु प्रतीक्षा बुढा रहेकी छन् । मृतक शिशुको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ । भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगरमा…