एक वर्षअघि नेपाली समाजले एउटा असाधारण राजनीतिक दृश्य देख्यो । सामाजिक सञ्जालमाथिको प्रतिबन्धबाट सुरु भएको जेनजी आन्दोलन केही समयमै भ्रष्टाचार, बेथिति, राजनीतिक संरक्षणवाद, जवाफदेहिताको अभाव र पुरानो राजनीतिक संस्कारविरुद्धको व्यापक असन्तुष्टिमा परिणत भयो । २०८२ भदौ २३ र २४ गतेको आन्दोलनले राज्य र नागरिकबीच बढ्दै गएको दूरीलाई सतहमा ल्यायो । आन्दोलनका क्रममा ठूलो मानवीय क्षति…