सूर्यप्रसाद श्रेष्ठले ८८ वर्षको उमेर पनि अत्यन्तै जवान पुस्तकमार्फत प्रशस्त नयाँ विचारका ढोकाहरु खोल्नुुभएको छ । यसको लोकार्पणको अवसरका लागि म धन्यवाद दिन्छु । यहाँ काफी चर्चा भइसक्यो । अघि विपीन अधिकारीजीले पश्चिमा समुदायका केही दृष्टान्तहरु दिनुभयो ।
पश्चिमा समुदायका खासगरी आफैँ केही गरिहाल्न सक्ने अवस्थामा नभएका, राम्रो हुनुपर्छ भन्ने सोच्ने, राम्रो गर्न नसक्ने, राम्रो नभइरहेको देखेर दिक्क भएका फ्रस्टेटेड बुद्धिजीवीहरुका केही कोटेशनहरु उहाँले सुनाउनुभयो । हामी त्यसबाट प्रभावित हुनु हुँदैन । त्यो समय भनेको अलिक अगाडिको समय हो । समय एकदमै गतिशील छ, परिवर्तन भइरहन्छ । ती बुद्धिजीवीहरुले जे भोगे, जे देखे, त्यस आधारमा तिनीहरुले प्रतिक्रिया जनाए । अब के गर्नेभन्दा भोगाइतिरको गरे । हामीले त्यसबाट अनुभव लिएर अब के गर्ने भन्ने कुरा हो । अब हामीले के गर्नु पर्छ, हामी कसरी अगाडि बढ्नु पर्छ भन्ने कुरा हो । अरुले त फलानोले यसो गरेन, फलानोले यसो गरेन भन्न त मिल्ला । मैले कसैलाई यो भएन, त्यो भएन भन्न मिलेन । कतिपय कमिकमजोरीहरु होलान्, प्रणालीमा छैन भने प्रक्रियामा होला । अन्तरकुन्तरमा होला अथवा प्रक्रियालाई पनि ठीक ढंगले कार्यान्वयन गर्ने प्रश्नमा होलान् । संविधानभन्दा बाहिर गएर गरिएका कामहरु होलान् ।
त्यो हामी न संविधानलाई दोष दिन सक्छौं, न प्रणालीलाई दोष दिन सक्छौं । त्यो प्रणाली अन्तर्गतका ऐजेरु हुन् । एउटा रुखमा अर्कै जात पलाउँछ, त्यसलाई ऐजेरु भनिन्छ । एक ठाउँमा निर्वाचन भयो, निर्वाचन अधिकृतले निर्वाच

प्रतिक्रिया