मार्क्सवाद विश्वभरका समाजहरूको आर्थिक, सामाजिक र राजनीतिक संरचनालाई विश्लेषण गर्ने शक्तिशाली औजार हो । नेपालजस्तो सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा विविधतामय देशमा मार्क्सवादको अध्ययन र प्रयोगले झन् विशेष महत्त्व राख्दछ तर हाम्रो वैचारिक अभ्यास कति गतिशील छ रु हामीले मार्क्सका सिद्धान्तहरूलाई कसरी बुझ्दछौँ र तिनलाई नेपाली सन्दर्भमा कसरी लागू गर्न सकिने ठान्दछौँ रु यी प्रश्नहरूले हामीलाई नेपालको कम्युनिस्ट आन्दोलनको वैचारिक आधार र खासगरी मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) को समीक्षा गर्ने आधार प्रदान गर्दछन् ।
यस लेखमा मार्क्सवादको गतिशील विशेषता, मौलिक मार्क्सवादका रूपमा नेपाली समामा जबजको सान्दर्भिकता र तिनीहरू उपर वैचारिक बहसको आवश्यकता माथि चर्चा गर्ने प्रयास गरिएको छ । विशेषगरी नेपाली सन्दर्भमा जबजको पुनर्व्याख्या हुनुपर्ने कुरालाई स्पष्ट पार्न नोम चम्स्कीको उदाहरणलाई प्रस्तुत गरिएको छ, जसले अध्ययन विश्लेषण बहस तथा अभ्यासले सिद्धान्तलाई निरन्तर परिष्कार हुदै परिपुष्टिका दिशातर्फ बढिरहने गतिशील दस्तावेजका रूपमा चिनाउन सहयोग पुग्नेछ ।
मार्क्सवाद: केवल किताबी पाठ कि जीवन्त सिद्धान्त ?
मार्क्सवादलाई बुझ्ने हाम्रो परम्परागत दृष्टिकोणले हामीलाई सीमित बनाएको छ । विगतमा हाम्रो अध्ययन सूचनात्मक थियो, समालोचनात्मक होइन । मार्क्स, लेनिन वा माओका भनाइलाई सन्दर्भसहित उद्धृत गर्न सक्यो भने हामी त्यसलाई विद्वता ठान्थ्यौं । यस्तो दृष्टिकोणले मार्क्सवादलाई किताबको मृत पाठमा मात्र सीमित बनायो । हाम्रा मार्क्सवादी विद्वानहरूले भाषण त गर्थे, तर तिनका तर्कहरूमा युग सापेक्षता र समाजसँगको सान्दर्भिकताको पक्ष अभाव हुन्थ्यो । मार्क्सका अवधारणाहरूलाई नवमार्क्सवादी विचारकहरू जस्तै जुर्गेन ह्यावर्मास, एन्टोनियो ग्राम्सी र पियरे बर्ड्यु अदिले समयसापेक्ष विस्तार र परिमार्जन गरे । ह्यावर्मासले मार्क्सवादको आर्थिक निर्धारणवादका मान्यतामा रहेको अपूर्णता पुष्टि गरे र सञ्चारमूलक कार्यको सिद्धान्तमार्फत लोकतान्त्रिक समाजसँग जोडे । ग्राम्सीले सांस्कृतिक वर्चस्वको अवधारणामार्फत वैचारिक सङ्घर्षको महत्त्वलाई पनि प्रकाशमा ल्याए । बर्ड्युले सामाजिक पूँजीको अवधारणामार्फत मार्क्सवादी विश्लेषणलाई समृद्ध बनाए । यी विचारकहरूले मार्क्सवादलाई गतिशील र समृद्ध बनाउन महत्त्वपूर्ण योगदान गरे तर हाम्रा शुद्ध मार्क्सवादी नेताहरूले मार्क्सवादका पुरानै मान्यताहरूलाई अलापिरहे ।
भाषाविद् नोम चम्स्कीको उदाहरण विशेष रूपमा सान्दर्भिक छ । चम्स्कीले १९५० को दशकमा रूपान्तरण व्याकरण सिद्धान्त प्रतिपादन गरे, जसले भाषाविज्ञानको क्षेत्रमा क्रान्ति ल्यायो। चम्स्कीको यो सिद्धान्तले भाषाविज्ञानमा नयाँ बहसको सुरुवात गर्यो र विश्वभरका विद्वानहरूले यसलाई अध्ययनको केन्द्र बनाए । चम्स्कीको योगदान उनको प्रारम्भिक सिद्धान्तमा मात्र सीमित रहेन । उनले आफ्नो सिद्धान्तलाई निरन्तर परिमार्जन र परिष्कृत गरे । उनले पाँच पटक आफ्नो सिद्धान्तलाई संशोधन गरे । चम्स्कीले आफूद्वारा प्रतिपादित सिद्धान्तउपर अध्येता र आलोचकद्वारा अभिव्यक्त मतहरूको निरन्तर निरीक्षण गरिरहे र यस्ता आलोचनाहरूलाई गम्भीरतापूर्वक लिएर आफ्ना तर्कलाई परिष्कृत गर्ने काम जारी राखे । यस क्रममा उनले आफ्नो मूल अवधारणालाई भने जीवित राखे । उनको यो लचकता र वैज्ञानिक दृष्टिकोणले उनको सिद्धान्तलाई जीवन्त र सान्दर्भिक बनाइराख्यो । चम्स्कीको यो वैचारिक यात्रा मार्क्सवाद र जबजको सन्दर्भमा समेत शिक्षाप्रद छ । यदि कार्लमार्क्सले लामो जीवन पाएका भए वा नवमार्क्सवादी विचारकहरूका तर्कहरूसँग साक्षात्कार र बहस गर्ने अवसर पाएका भए, उनले पनि आफ्ना सिद्धान्तहरूमा परिवर्तन गर्थे होलान् । चम्स्कीको जस्तै मार्क्सवादको मूल आत्मा गतिशीलता, वैज्ञानिक विश्लेषण र समयसापेक्ष परिमार्जन हो, न कि अपरिवर्तनीय सत्यको पूजा । तर, नेपालका सन्दर्भमा मार्क्सवादको अध्ययनमा यस किसिमको गतिशीलताको अभाव रह्यो । हामीले मार्क्सवादका विदेशी मोडेलहरूलाई जस्ताको तस्तै आयात गर्यौं, जसले नेपालको सामन्ती संरचना, जातीय विविधता र सांस्कृतिक जटिलतासँग मेल खाएन ।
जबज: नेपाली सन्दर्भमा मार्क्सवादको नवीन प्रयोग

मदन भण्डारीले जनताको बहुदलीय जनवादु (जबज) प्रतिपादन गरेर मार्क्सवादलाई नेपाली माटोअनुरूप विकास गर्ने ऐतिहासिक प्रयास गरे । जबज केवल राजनीतिक कार्यक्रम होइन यो त नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थमा आधारित क्रान्तिको मौलिक मार्गचित्र हो । भण्डारीले नेपालको सामन्ती संरचना, जातीय र क्षेत्रीय असमानता तथा लोकतान्त्रिक आकाङ्क्षालाई बुझेर नेपाली सन्दर्भमा मार्क्सवादलाई पुनर्व्याख्या गरे । उनले एकदलीय सर्वसत्तावादको सट्टा बहुदलीय प्रजातन्त्रलाई क्रान्तिकारी परिवर्तनको आधार बनाए । यो अवधारणाले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दियो र विश्व कम्युनिस्ट आन्दोलनमा नेपालको विशिष्ट योगदानको रूपमा स्थापित भयो । जबजको मूल शक्ति यसको गतिशी�

प्रतिक्रिया