सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन बनाएको हो ।

सुदूरपश्चिमका लागि सैफ जइबले ३५, विनोद भण्डारीले २७, ब्रेन्डन म्याकमुलनले २४ र ईशान पाण्डेले २३ रन बनाए । थारिन्दु रत्नायके २२ र स्कट कुगलेइन १३ रनमा अविजित रहे ।

कर्णालीका मार्क वाटले दुई विकेट लिए भने नन्दन यादव, सूर्य तामाङ र हुसैन तलातले एक–एक विकेट लिए ।

यस खेलबाट दक्षिण अफ्रिकी स्टार ब्याट्सम्यान डेभिड मिलरले एनपीएलमा डेब्यु गरेका छन् ।