आज एनपीएलमा दुई खेल हुँदै, सुदूरपश्चिम र कर्णाली भिड्दै


नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल साँझ ५ बजे सुरु हुनेछ।

एनपीएलमा बिहीबार भएका खेलमा लुम्बिनी लायन्स र काठमाडौं गोर्खाज विजयी भएका थिए। लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दा काठमाडौंले विराटनगर किंग्सलाई ९ विकेटले हराएको थियो।

प्रतियोगिताको लिग चरणका खेलहरू जारी छन्।