नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अधिकांश समूहको परिसूचक बढेको छ।
बैंकिङ ०.५५, विकास बैंक १.४८, फाइनान्स ०.९३, होटल तथा पर्यटन १.९८, लगानी १.५५, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.३७, निर्जीवन बीमा ०.४४ तथा व्यापार समूह १.१४ प्रतिशतले वृद्धि भएका छन्।
हालै सूचीकृत एभरेस्ट कलरको शेयर मूल्य १५ प्रतिशतले बढ्दै सबैभन्दा धेरै लाभ कमायो। रिजलाइन इनर्जी १३.९५, श्रीनगर एग्रिटेक १०.९५, सोलु हाइड्रोपावर ९.९३, दिव्यश्वरी हाइड्रोपावर ८.६२, हाथवे इन्भेस्टमेन्ट ८.६१ तथा शिखर पावर ७.८३ प्रतिशतले उकालो लागे।यता आत्मनिर्भर लघुवित्त ६.८६ तथा कर्पोरेट डेभलपमेन्ट बैंक ६.८५ प्रतिशतले घटे। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नेसनल हाइड्रोपावर, एसवाई प्यानल, अपी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर र हिमालय रिइन्स्योरेन्स अग्रस्थानमा रहे।
यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह ले सिंहदरबारमा पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गरेका छन्। बैठकमा सेबोन, नेप्से, स्टक ब्रोकर, लगानीकर्ता तथा बीमा क्षेत्रका प्रमुख प्रतिनिधिहरू सहभागी भई पुँजी बजारको विकास र सुधारका विषयमा छलफल भएको जनाइएको छ।

प्रतिक्रिया